डा. केसीको घाँटीमा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डा. केसीको घाँटीमा संक्रमण

govinda kc

जुम्ला, ३२ असार । १६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको शनिबार रातिदेखि रक्तचाप, मुटुको गति र श्वासप्रश्वासमा उतारचढाव आएको छ । उनको घाँटीमा समेत संक्रमण बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा समेत उनले औषधि लिन मानेका छैनन् । उनको नसा सुन्निएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अनशनस्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधि तयारी अवस्थामा राखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘शनिबारदेखि मुटुको गतिमा असामान्य परिवर्तन देखिएका कारण उपचारमा संलग्न चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखेका छौं,’ उनले भने, ‘इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि सिरिन्जमा लोड गरी तयारी अवस्थामा राखिएको छ तर डा. केसीले अडान नछाडेकाले समस्या भएको छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);