‘वार्ता गर्न जुम्ला आऊ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘वार्ता गर्न जुम्ला आऊ’

govinda kc

 जुम्ला, २७ असार । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले आफूसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् । आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए ।

‘सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्छ,’ उनले भने, ‘जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन, जबसम्म माग पूरा हँुदैन, तबसम्म आमरण अनशन जारी रहन्छ ।’

सरकारले वार्ता गर्न चाहे टोलीलाई जुम्ला पठाउन डा.केसीका आफन्त किशोर केसीले आग्रह गरे । ‘टेलिफोनमा वार्ता हुँदैन,’ उनले भने, ‘माग सम्बोधन गरे वार्ता आवश्यक छैन ।’ डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले उनी बोल्न नसक्ने अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार टेलिफोन वार्ता गर्ने भने पनि डा.केसीको स्वास्थ्य जटिल बन्दै गएकाले सम्भव भएको थिएन ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गइरहेको छ । केसीलाई मांसपेशी सुन्निने, रिंगटा लाग्ने, छातीको बीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाब नहुनेजस्ता समस्या देखिएको छ । स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् ।

डा.केसीले आफ्नो उपचारमा असहयोग गरेकाले चिकित्सकलाई समस्या भएको प्रतिवेदनमा उल्लेख छ । उनले अक्सिजन र स्लाइनबाहेक अरू औषधि लिन मानेका छैनन् । केसीको समर्थनमा जुम्ली महिलाले आन्दोलन सुरु गरेका छन् । उनीहरूले मंगलबार खलंगामा प्रदर्शनसमेत गरे । उनको समर्थन तथा सरकारलाई दबाब दिन र्‍याली निकालेको स्थानीय अगुवा माया रावलले बताइन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);