युवाले देशमा भविष्य देख्न छाडे, पलायन रोक्न कन्भिन्स गरौँ ,मीनेन्द्र रिजाल | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

युवाले देशमा भविष्य देख्न छाडे, पलायन रोक्न कन्भिन्स गरौँ ,मीनेन्द्र रिजाल

२०८१,९,८

नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले बितेका ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भए पनि युवा पलायन नरोकिएको बताएका छन्।सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भए पनि युवा कन्भिन्स हुन नसकेको बताए। उनले युवाहरुले देशमा भविष्य सुरक्षित देख्न छाडेको बताए।

उनले युवा पलायनको समस्या चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताए। ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धि गर्‍यौँ। आर्थिक, सामाजिक, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ तर दैनिक २ हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन्‚’ उनले भने, ‘सबै कुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन। अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महशुस गरिरहेको छ।’

उनले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको बताए। उनले संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधन गर्नुपर्नेमा जोड दिए।

‘यसलाई चिरेर आशा र विश्वास जागृत गर्ने र हामीले नै बनाएको संविधानबाट लोकतन्त्रको बाँकी पक्षमा चाहीँ काम गर्नुपर्छ। हामीले संविधानमा लोकतन्त्रको मूल्य र मान्यतामा आधारित भनेका छौँ‚’ उनले भने, ‘अहिले पनि कृतिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ। जनताले दिएको बहुमत कुनै पनि राजनीतिक दलले पुर्‍याउन हामीले बनाएको ९ वर्षको अभ्यासबाटै केही परिवर्तन गर्नुपर्नेछ। त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म।’

उनले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि