बाशुदेव बडु
दार्चुला, २७ असार । अविरल बर्षाका कारण महाकाली नदीमा पानीको सहत बढेको छ । पानीको सतह बढेसँगै दार्चुला सदरमुकाम खलंगा लगायत महाकाली नदीको तटिय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
अविरल बर्षाका कारण महाकाली नदिमा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको हो । दार्चुला सदरमुकाम खलंगा लगायत धाप, दत्तु, उकु, लाली लगायतका क्षेत्रमा बाढीको जोखिम बढेको हो ।
खलंगाको बांगाबगढ क्षेत्रमा तटबन्ध निर्माण नहुँदा नदीले जमिन कटान गर्न थालेपछि स्थानिय त्रसित भएका छन् । भारतको धौलीगंगा जलविद्युत र खोतिला भिरमा पहिरो झर्ने क्रम नरोकिएपछि महाकाली नदी थुनिन सम्भावना बढेको छ ।
भारतको पिथौरागढ प्रशासनसँग खोतिला भिरको पहिरो रोकथामका लागि पहल भएपनि कार्यान्वन हुन सकेको छैन । जसको कारण नेपालीहरु बाढीको जोखिममा परेका हुन् । बाढीको जोखिम बढेसँगै प्रभावित क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।