चितवन, २७ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने चितवनको रत्ननगर बजार क्षेत्रको सडक विस्तार अलपत्र भएको छ । सडक विस्तार सुरु भएको तीन बर्ष हुँदा पनि पूर्णता पाएको छैन ।
सो क्षेत्रको २ दशमलव ३ किलोमिटर सडक विस्तारको काम अलपत्र भएको हो । ८० प्रतिशत भन्दा बढी काम सकिएपछि सडकको डिजाइन नै गलत भएपछि निर्माणको काम नसकिँदै सडक भत्कन थालेको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सडक निर्माणको काम नगरपालिकाको कार्यक्षेत्र भित्र नपर्ने भन्दै ठेकेदारलाई पटक–पटक आग्रह गर्दा पनि निर्माणमा चाँसो नदिएको बताए । श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले १९ करोड ७० लाखमा सडक विस्तारको ठेक्का लिएको छ ।




