सरकारद्वारा चिकित्सा शिक्षा विधेयक फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारद्वारा चिकित्सा शिक्षा विधेयक फिर्ता

office of pm

काठमाडौं, २१ असार । सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरिएका राजनीतिक नियुक्ति खारेज गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने निर्णय गरेको छ । विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले चीनसँगको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलसम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित नौ सदस्यीय समिति गठन गरेको छ । प्रोटोकललाई लिएर नेपाल र चीनबीच ६ दिनपछि बेइजिङमा वार्ता हुँदैछ । बैठकले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारका पदाधिकारी तथा सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने र सम्बन्धित निकायमा अभिलेख राख्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);