पाँच कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाँच कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

तेजना पण्डित
काठमाडौं, २० असार । कृषि क्षेत्रका उत्कृष्ट पाँचजना कृषकलाई सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुने कृषकहरुले सहुलियतमा ऋण उपलब्ध गराउन र आधुनिक खेती प्रणालिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई प्रत्येक बर्ष राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गर्दै आएको छ । यो बर्ष पनि पाँँच जना कृषकलाई सम्मन गरेको छ ।

गाइपालन गरेका गोरखाका राजेन्द्रराज पन्त सर्वोत्कृष्ट कृषकबाट सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट कृषकमा चितवनका बाखा्र व्यवसायी योगेन्द्रबहादुर खड्का, च्याउ खेती गरेका बाँकेका लालबहादुर सुनुवार, धनुषाका माछा उत्पादन तथा प्रजनन व्यावसायी बौएलाल मुखीया र कैलालीका केरा व्यवसायी रामबहादुर कुँवर छन् ।

सर्वोत्कृष्ट कृषकबाट सम्मानित भएका पन्तलाई दुई लाख र अन्यलाई १लाख पुरस्कारबाट सम्मान गरिएको हो । सम्मानित भएका कृषकहरुले सहुलियतमा ऋण उपलब्ध गराउन र आधुनिक खेती प्रणालिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

कृषिमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेकाले सोहि अनुरुप कृषकको समस्या समाधान गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । नेपालमा ७० प्रतिशत भन्दा धेरै नागरिक कृषि पेशामा संलग्न छन् । तर पनि कृषिमा देश आत्मनिर्भर हुन सकेको छैन ।

खाद्यन्न निर्यात भन्दा बढि आयत गर्ने गरिएको छ । अर्कोतर्फ उत्कृष्ट कृषकलाई सम्मान गरिरहँदा कृषि पेशा छोडेर विदेश पलायन हुनेको युवाको संख्या बढ्दो छ । यदि देशलाई कृषिमा आत्मनिर्भर बनाउने हो भने युवालाई कृषिमा प्रोत्साहन गर्नु आवश्यक रहेको सरोकारवालाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);