एसईईको नतिजामा लापरबाही गर्ने कर्मचारीलाई तत्काल निलम्बन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

एसईईको नतिजामा लापरबाही गर्ने कर्मचारीलाई तत्काल निलम्बन गर्न माग

exam board

काठमाडौं, १३ असार । कांग्रेस निकट नेपाल विद्यार्थी संघले माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजामा लापरबाही गर्ने कर्मचारीलाई तत्काल निलम्बन गर्न माग गरेको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग भेटगरी संघले एसईई परिक्षाको नतिजामा लापरबाही गर्ने राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारी तथा कर्मचारीलाई निलम्बन सहितको कडा कार्वाही गर्न माग गरेको हो।

एसईई परीक्षाको नतिजामा लापरबाही गर्ने बोर्डका पदाधिकारीलाई निलम्बन सहितको कार्वाही तत्काल गर्न मन्त्री पोखरेलसँग माग गरिएको संघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए ।

गत शनिवार भएको एसईईको नतिजा त्रुटिपूर्ण रहेको भन्दै बोर्ड आफैले सच्याएपछि त्यसको विरोध भईरहेको छ । यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले एसईई परिक्षाको नतिजामा त्रुटि भएको भन्ने विषयलाई गम्भिरतापूर्वक छानवीन गरी आवश्यक कार्वाही गर्ने आश्वासन दिए । सरकारले सो सम्बन्धमा यथार्थ पत्ता लगाउन छानवीन समिति नै गठन गरेको छ ।

मन्त्री पोखरेलले सरकारले माध्यामिक तह र विश्वविद्यालय तहको पाठयक्रमको प्रारुप निर्माण कार्यलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा सरोकारवालाहरु सबैको सुझाव लिने प्रतिवद्धता व्यक्त गरे ।