कपिलवस्तुका द्वन्द पिडित परिवारले न्याय नपाएको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कपिलवस्तुका द्वन्द पिडित परिवारले न्याय नपाएको गुनासो

satya nirupayan n melmilap

शम्भू् माली,
कपिलवस्तु, १३ असार । सशस्त्र द्वन्दको समयमा बेपत्ता बनाइएका कपिलवस्तुका द्वन्द पिडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।

शान्ति सम्झौतापछि बेपत्ता छानबिन आयोग गठन भएपनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको भनाइ छ । कपिलवस्तु गजेहडाका पतिराम कुमालको माइलो छोरा कृष्ण कुमाल द्वन्दको समयमा बेपत्ता भएका थिए । तत्कालिन शाही सेनाले माओवादी भएको आरोपमा कृष्णलाई नियन्त्रणमा लिएको थियो । तर अहिलेसम्म पनि छोराको अत्तोपत्तो नभएको भन्दै पीडित परिवार न्यायको खाजिमा छन् ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग बनेपनि कामले गति लिएको छैन । यद्यपी, द्वन्दका घटनाको छानबिन गरी पीडितलाई न्याय दिने आयोगको भनाइ छ । द्वन्दकामा कपिलवस्तुमा १९ जना बेपत्ता भएका थिए । बेपत्ता भएकाको परिवारले सरकारसँग न्यायको माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);