साइरन बजाएर दौडने गृहमन्त्री नै ट्राफिक जाममा फसेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साइरन बजाएर दौडने गृहमन्त्री नै ट्राफिक जाममा फसेपछि…

Home-minister-badal-ram-bahadur-thapa

काठमाडौं, ११ असार । गृहमन्त्री रामबहादुर थापा ट्रफिक जाममा फस्दा सोमबार संसदसमेत जाममा परेको छ । ट्राफिक समस्याको समाधानको नेतृत्व गर्ने विभागीय मन्त्री नैं ट्राफिक जाममा फस्दा संसद प्रभावित भएको हो । गृहमन्त्री जाममा फस्दा विनियोजन विधेयकका शीर्षकका मन्त्रालयगत छलफल नैं केहीबेर रोकिन पुग्यो ।

प्रतिनिधिसभाको बैठकमा सोमबार गृह, उर्जा सिँचाइ तथा जलस्रोत र परर्राष्ट्र मन्त्रालयका शिर्षकका विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची थियो । सभामुख कृष्णबहादुर महरालले विहान ठिक ११ बजे नै बैठक सुरु गरपछि चार जना सांसदले आफ्नो धारणा राखिसकेका थिए ।

त्यतिकैमा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना आफ्नो आसनबाट उठेर सभामुखको ध्यानाकर्षण गराउन थाले । तिमिल्सिनाको ध्यानाकर्षणपछि बल्ल थाहा भयो – गृहमन्त्री रामबहादुर थापा त संसद पुगेकै रहेनछ ।

मन्त्री खोइ भनेर राखेको प्रश्नको ढाकछोप गरेर सभामुख महराले नियमावली विपरित संसद बैठक संचालन गर्ने प्रयत्न गरे । उनले ‘मन्त्रीलाई खबर भएको र उहाँ चाडैं आउँदै हुनुहुन्छ, गृहका कर्मचारी रहेको’ जस्ता तर्क गरेर छलफल अघि बढाउने प्रयत्न गरे ।

प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभा नियमावली अनुसार एउटा पनि मन्त्री अनुपस्थित भएमा संसदको बैठक नैं संचालन हुन नसक्ने भन्दै नियमावलीको ध्यानाकर्षण गरायो । झन, बिनियोजन विधेयकका मन्त्रालयगत शिर्षकको छलफलमा सम्बन्धित मन्त्री अनुपस्थित हुँदा छलफल अघि बढ्नै नसक्ने भन्दै उसले विरोध जारी राख्यो ।

नियमापत्ती गरेर विरोध जनाएको प्रतिपक्षलाई माइक नै नदिइ बैठक संचालन गर्न प्रयत्न गरेका सभामुख महराले धेरैपछि मात्र आफै लज्ति भएको शैलीमा भने, ‘गृहमन्त्रीज्यु ट्राफिक जाममा हुनुहुन्छ ।’

सभामुखले सबैकुरा भन्दा समेत नियमावलीको साहरा लिएर प्रतिपक्षले अवरोध नहटाएपछि सभामुख महराले बैठक नैं स्थगित गरेका थिए । ट्राफिक समस्याको समाधान गर्ने र अन्य शान्ति सुरक्षाका विषयको जिम्मेवारी लिने गृहमन्त्री थापा सोमबार आफै ट्राफिक जाममा परेकाले संसदको बैठक प्रभावित भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);