छ लेनको सडकमा एम्बुलेन्स नै पर्छ जाममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

छ लेनको सडकमा एम्बुलेन्स नै पर्छ जाममा

ambulance

काठमाडौं,२४ फागुन । तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्याधिक जाम हुँदा एम्बुलेन्स समेत जाममा पर्ने गरेका छन् ।जडिबुटीदेखि कोटेश्वरसम्मको जाम छिचोल्न एम्बुलेन्सलाई समेत सास्ती हुने गरेको छ ।

एम्बुलेन्स साइरन बजाउँदा समेत ट्राफिक जामको कारणले बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्ने अवस्था जडिबुटी कोटेश्वर सडकमा देखिएको छ । तीनकुने सूर्यविनायक सडक छ लेनको भए पनि सडक लेनअनुसार सवारी साधन चल्दैनन् । कोटेश्वरबाट चक्रपथ जानुपर्ने सवारी साधन जडिबुटीमै रोकिन्छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);