अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै आप्रवासी नीति उल्ट्याए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नै आप्रवासी नीति उल्ट्याए

trump

एजेन्सी, ७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजपत्रविहिन आप्रवासीका परिवारलाई एकैसाथ राख्ने सम्बन्धि एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी सीमा क्षेत्रमा बढेको तनाव एवं अत्याधिक जनदवावपछि राष्ट्रपति ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको ट्रम्पको तर्क छ ।

५ मे देखि ९ जूनसम्ममा २ हजार ३ सय भन्दा बढी बालबालिकालाई अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । तर, गैरकानुनी रुपमा अमेरिकी सीमा पार गर्नेहरुविरुद्ध भने शुन्य सहनशीलताको नीति अझै यथावत रहको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);