दुई कोरियाका छुट्टिएका आफन्तलाई पुनर्मिलन गराइने | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

दुई कोरियाका छुट्टिएका आफन्तलाई पुनर्मिलन गराइने

Kim-Jong-Un and Moon-jae

एजेन्सी, ९ असार । दक्षिण कोरिया र उत्तर कोरियाले छुट्टिएर बस्न बाध्य भएका कोरियालीहरूलाई पुनर्मिलन गराउन दुवै देशका अधिकारी तयार भएका छन् ।दुई कोरियाले आगामी अगस्टमा उनीहरूबीचमा पुनर्मिलन गराउने सहमति शुक्रबार गरेका हुन्।

कोरिया युद्धपछि छुट्टिएका आफन्तहरूको पुनः मिलनका लागि गत सन् २०१५ देखि नै विभिन्न प्रयास हुँदै आएको थियो ।सन् १९५० देखि १९५३ सम्म भएको दुई कोरियाको युद्धपछि लाखौं कोरियालीका आफन्तहरु छुट्टा छुट्टै बस्न बाध्य भएका थिए । उनीहरुलाई आवत जावत गर्नदेखि कुनै सञ्चार सम्पर्क गर्न समेत दिइएको थिएन।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच गत अप्रिलमा भएको शिखर वार्तापछि पुनर्मिलनको वातावरण बन्न थालेको हो ।औपचारिक समझदारी भने दुई कोरियाका उच्च अधिकारीकाबीचमा शुक्रबार उत्तर कोरियाको माउन्ट कुमगाङ रिसोर्टमा आयोजित बैठकमा भएको हो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार