कोरियाली प्रायद्वीपमा शान्तिको नयाँ युग आरम्भ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोरियाली प्रायद्वीपमा शान्तिको नयाँ युग आरम्भ

कोरियाली प्रायद्वीपमा युद्ध अन्त्य भएको घोषणा, युद्धका कारण विभाजित परिवारको मिलान गराउने बाचा

एजेन्सी, १४ वैशाख । उत्तर कोरिया र दक्षिण कोरियाले दुई मुलुकबीचको तनाव अन्त्य भएको घोषणा गरेका छन् । लामो समयदेखि युद्धको चपेटामा परेको कोरियाली प्रायद्धिपमा अब कुनै पनि किसिमको हिंसा र लडाईं नहुने भन्दै दुई मुलुकका नेतृत्वले हस्ताक्षरसहितको घोषणापत्र जारी गरेका छन् । यसले दुबै मुलुकका जनतामा खुसीयाली छाएको छ ।

कोरियाली प्रायद्धिपमा शान्तिको नयाँ युग आरम्भ भएको छ । संसारको सबैभन्दा खतरनाक सिमा रहेको उत्तर र दक्षिण जोड्ने कोरियाली प्रायद्धीपमा दुइ देशका शासकहरुबीच लामो समयपछि भेटघाट र सहमति भएपछि तनाव अन्त्य भएको हो । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुबीच कोरियाली प्रायदीपलाई आणबिक हतियारमुक्त बनाउने र युद्ध नगर्ने सहमति जुटेको छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ बीच ऐतिहासिक भेटघाटपछि यस्तो सहमति बनेको हो । सन १९५० देखि १९५३ सम्म कोरियाली प्रायपिमा भएको भीषण युद्धपछि एक अर्का शाशकबीच यो भेटवार्ता भएको हो ।

उनीहरुबीच दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा वार्ता भएको थियो । सहमती अनुसार कोरियाली प्रायदीपलाई आणबिक हतियार मुक्त बनाउने, दुई कोरियाबीच भएको युद्धको अवस्था अन्त्य गर्ने, एक अर्को देशविरुद्धको गतिविधि नगर्ने, अमेरिका र चीनको समेत सलग्नतामा बार्ता गर्ने, अन्तरदेशीय रेलवे र सडक सञ्जाल विस्तार गर्ने यस वर्षको एशियाली खेदकूदमा संयुक्त सहभागिता जनाउने विषय उल्लेख छ ।

यस्तै दुई कोरियाबीचको युद्धका कारण विभाजित भएका परिवारलाई पनि पुर्नस्थापित गर्नेबारे सहमति भएको छ ।  स्मरणीय छ कोरीयाली प्रायद्धीपमा सन १९१० देखि १९४५ सम्म जापानको शासन थियो । दोस्रो बिश्व युद्धमा जापानले आत्मसमर्पण गरेपछि अमेरिकाले दक्षिण हिस्सा र सोभियत सेनाले उत्तरी हिस्सा आफनो कब्जामा लिएका थिए ।

सन् १९४८ मा दुबै उत्तर र दक्षिण रिपब्लिक हुने घोषणा गरे । तर दुबैबीचको बिरोधाभासले सन १९५० मा दुबै कोरियाबीच लडाइ शुरु भयो र यो लडाइ सन १९५३ मा समाप्त भएको थियो ।

यो अबधिमा कुनै सन्धि संझौता भएको थिएन । यतिबेला दक्षिण र उत्तरकोरियाबीच एकिकरणको तत्काल सम्भावना नभएपनि दक्षिणसंग आर्थिक र उत्तरसंग परमाणु शक्ति भएकोले दुबै मिलेर अघि बढे कोरियाली प्रायद्धिपमा शान्ति र स्थिरता आउने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);