काठमाडौँ, २ भदौ । बाढी पहिरोबाट प्रभावित बनेकाहरुको राहतका लागि ग्लोबल आइएमइ बैँकले ६५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
आइएमइ बैंकका तर्फबाट ५१ लाख र बैकमा कार्यरत कर्मचारीको एक दिनको तलब बराबर हुन आउने १४ लाख जम्मा गरी ६५ लाख सहयोग गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवामार्फत बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषलाई शुक्रबार रकम हस्तान्तण गरेको ग्लोबल बैँकका अध्यक्ष चन्द्रपैसाद ढकालले जानकारी दिनुभयो ।