सौराहा, २ भदौ । केही दिनअघिको बाढीका कारण चितवनको सौराहामा साढे पाँच करोड रुपैयाँबराबरको क्षति भएको छ ।
रेस्टुरेन्टहरुको साझा संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले शुक्रबार एक कार्यक्रम गरी क्षतिबारे जानकारी गराएको हो । बाढीले ६ वटा रेस्टुरेन्ट बगाएको र ३७ वटा डुबानमा पर्दा पाँच करोड ४१ लाख रुपैयाँ बराबर क्षति भएको रेवानका महासचिव कृष्ण भट्टले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रका कतिपय होटलहरु भने सञ्चालनमा आइसकेको रेवानले जनाएको छ ।