चितवनमा डाक परिवहन सेवा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन ,२ भदौ । जिल्ला हुलाक कार्यालय चितवनले डाक परिवहन सेवा सुरु गरेको छ ।

 

हुलाक कार्यालयको सेवा क्षेत्र वृद्धि भएसँगै चितवनबाट चिठीपत्र तथा पार्सल सामग्री बोक्ने गरी चारवटा गाडी सञ्चालनमा ल्याइएको हो । पूर्वमा झापा र पश्चिममा कञ्चनपुरसम्म डाक परिवहन सेवा सुरु भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

 

डाक परिवहन सेवाअन्तर्गत पूर्वका २२ जिल्ला र पश्चिमका २२ जिल्लामा चिठीपत्र तथा पार्सल सामग्री पठाइनेछ । सेवा सुरु भएसँगै महँगो शुल्कमा कुरियर गर्दै आएका सेवाग्राहीलाई राहत मिल्ने कार्यालयको विश्वास छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);