सस्तो मूल्यमा जग्गा बिक्रि नगरेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सस्तो मूल्यमा जग्गा बिक्रि नगरेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियोसहित)

गोपाल शर्मा भट्टराई

दाङ, २९ जेठ । दाङमा एक महिला निर्घात कुटिएकी छिन् । सस्तो मूल्यमा जग्गा बिक्रि नगरेको भन्दै अर्घाखाँची शितगङगाकी दिलमाया पुनलाई दाङ राप्ती गाउँपालिका १ की रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाएर कुटपिट गरेका हुन् ।

दाङको भालुबाङ बजारमा रहेको जग्गा सस्तोमा बिक्री नगरेको भन्दै अर्घाखाँची शितगङगा नगरपालिका-९ ठाड खोलाकी दिलमाया पुनलाई राप्ती गाउँपालिका १ की रेखा गुप्ता र अनिता गुप्ताले निर्घात कुटपिट गरेका हुन् ।

अर्घाखाँचीबाट घडेरी रेखदेख गर्न आएकी दिलमायालाई घडेरी छेउका छिमेकी रेखा र अनिताले ५० हजारमा घडेरी दिन नमानेको भन्दै आक्रमण गरेका हुन् । लाखौं मूल्य पर्ने जग्गा दिलमायाले दिन नमानेपछि अर्धनग्न बनाएर कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको हो ।

सो घटना प्रहरीकहाँ पुगेपछि मिलापत्र गरिएको थियो । तर घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरि कार्बाही प्रक्रिया अगाडी बढाएको छ । प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले घटनाका दोषीलाई कार्बाही गर्ने प्रतिबद्धता जनाएका छन् । कुटपिटबाट घाइते भएकी दिलमाया न्यायको खोजीमा छिन् ।

कुटपिटको भिडियो हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);