नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवाद पढाउन स्कूल सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवाद पढाउन स्कूल सञ्चालन गर्ने

kamunistha party

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माक्र्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ ।

ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा सहभागि मंगलबार स्वदेश फर्किएका नेकपाका नेताद्वय माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारर्कीसँग स्कुल स्थापनाबारे अध्ययन गरिएको बताए । नेकपाले माक्र्सवादबारे नियमित कक्षा सञ्चालन गर्न मदन भण्डारी एसियन स्कूल स्थापना गर्ने तयारी गरेको छ ।

ब्राजिलमा रहँदा नेताद्वयले फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको अवलोकन गर्नुकासाथै प्रशिक्षण कार्यक्रममा सहभागी भई शिक्षण सिकाईका अनुभव ग्रहण गरेको बताए । नेताद्वयले नेपालमा भएको कम्युनिष्ट एकताबाट अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही भएको बताए । नकपाका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए ।

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);