अर्धनग्न बनाएर कुटपिट गर्ने महिलालाई ६ महिना जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अर्धनग्न बनाएर कुटपिट गर्ने महिलालाई ६ महिना जेल चलान

kutpit

दाङ, १४ असार । दाङमा सस्तोमा जग्गा नबेचेको भन्दै अर्घाखाँचीकी दिलमाया पुनलाई कुटपिट गर्ने दुई महिलालाई २५ हजार जरिवाना सहित ६ महिनाको लागि जेल चलान गरिएको छ ।

गत जेठ २५ गते अर्घाखाँची सितागंगा नगरपालिका–९ ठाडोखोलाकी दिलमायालाई कपडा च्यातेर कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई जेल चलान गरिएको हो ।

कुटपिटबाट घाइते दिलमायाको उपचारमा लागेको १५ हजार खर्च समेत उनीहरुले नै तिराउने फैसला भएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । दुवैजनालाई तुलसीपुर कारागार चलान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);