काठमाडौं, २८ जेठ । प्रहरीले चलाएको गोली लागेर अशोक लामा घाइते भएका छन् । ललितपुरको शंखमुलस्थित यूएन पार्कमा प्रहरीले लामामाथि गोली चलाएको हो ।
गुण्डागर्दीमा संलग्न भएको आरोपमा लामामाथि प्रहरीले इन्काउण्टर गरेको हो। लामा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । लामालाई पक्राउ गर्नकै लागि अपराध अनुसन्धान महाशाखाबाट खटिएका टोलीले उनीमाथि गोली चलाएको हो ।
लामाको खुट्टामा गोली लागेको छ। उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ ।