परवल खेतीबाट एक लाखसम्म आम्दानी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

परवल खेतीबाट एक लाखसम्म आम्दानी !

parwar kheti

शम्भू माली
कपिलवस्तु, २२ जेठ
। कपिलवस्तुको बुद्धभुमी नगरपालिका धनकौलीका कृषकहरु परवल खेतीतर्फ आकर्षित भएका छन् । उनीहरुले परवल खेतीबाट सिजनमा एक लाखसम्म आम्दानी गर्न सफल भएका छन् । तर, भारतीय परवल आयात गर्दा नेपाली परवलले मूल्य नपाएको कृषकहरुको गुनासो छ ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका धनकौलीका कृषकहरुले बाणगंगा नदीको बगर र आसपासमा परवल खेती गर्ने गरेका छन् । २ दशकदेखि परवल खेती गर्दै आएका कृषकहरुले सिजनमा ५० हजारदेखि १ लाखसम्म आम्दानी गर्न सफल भएका छन् । तर, भारतीय परवल आयात गर्दा नेपाली परवलले बजार नपाएको कृषकहरुको गुनासो छ ।

ढेड महिना अघि सम्म ५० देखि ८० रुपैयाँसम्म प्रति किलो परवल बिक्री हुने गरेकोमा आजभोली १० देखि १२ रुपैयाँमा बेच्न बाध्य भएको कृषकहरुको गुनासो छ । आधुनिक खेतीका लागि बिउ सिंचाइ र अनुदानमा सरकारले सहयोग नगरेको र लगानी उठाउन कठिन भएको कृषकहरुको भनाइ छ ।

कृषि विकास कार्यालय कपिलवस्तुले आधुनिक खेतीका सिंचाइको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । कृषि विकास कार्यालयका अनुसार कपिलवस्तुमा ३५ हेक्टरमा परवल खेती गरिन्छ । कपिलवस्तुमा तरकारी जोनको कार्यक्रम सुरु भएकाले अब कृषकहरुको समस्या समाधान गर्ने कार्यालयको दाबी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);