पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि तत्काल फिर्ता लिन सांसदकाे माग | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि तत्काल फिर्ता लिन सांसदकाे माग

sadan

काठमाडौं, २१ जेठ । प्रतिनिधिसभाका सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरिन् । उनले वर्तमान सरकार गठन भएयता ५ पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको भन्दै आपत्ति जनाइन् ।

सांसद रेग्मीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्य वृद्धि गरेर के गर्न खोजेको भनि प्रश्न समेत गरिन् ।

सांसद रामबहादुर विष्टले पनि पेट्रालियम पदार्थमा मूल्य वृद्धि गर्नुको कारण संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरे । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए ।

त्यसैगरी सांसद शान्ता चौधरीले पश्चिम नेपालका कमलरीहरुको व्यवस्थापनका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले दाङ क्षेत्र नम्बर २ मा खानेपानीको उचित व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);