पाल्पा, १९ जेठ । १४ जनाको मृत्य हुने गरी शुक्रबार भएको बस दुर्घटनापछि पाल्पाको तानसेन बजार शोकमा डुबेको छ । मृत्यु हुनेमा अधिकांश स्थानीय व्यापारी भएकाले बजारका अधिकांस पसल आज पनि बन्द भएका छन् । दुर्घटनामा परेका मृतक तथा घाईतेको घरघरमा पुगेर आफन्त र शुभचिन्तकहरुले सान्तवना दिइरहेका छन् ।
एउटै सहकारीका अध्यक्ष सहित पदाधिकारी, सेयर सदस्य र कर्मचारीको मृत्युले सहकारी क्षेत्र पनि शोकमग्न बनेको छ । दुर्घटनामा परेका कतीपयको हिजो र बाँकीको आज राम्दीघाटमा दाहसंस्कार गरिएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले घटनाप्रति दुख व्यक्त गर्दै भोलि आईतवार उद्येग व्यबसाय तथा कलकालखाना बन्द गर्ने निर्यण गरेको छ । यसैगरी शोक मनाउन पाल्पा जिल्लाका सबै सहकारी पनि भोलि बन्द गर्ने निर्णय भएको छ ।
अध्ययन भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, कर्मचारीसहित अन्य अतिथि चढेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।