डडेल्धुरा, १७ जेठ । डडेल्धुराको गन्याउधुरा गाउँपालिका ३ बाट तीन वटा भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । अबैध भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन वटा भरुवा बन्दुक सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गन्याउधुरा गाउँपालिका वडा नम्बर ३ का शंकरबहादुर शाही, केशवबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल रहेका छन् ।
उनीहरुलाई हातहतियार खरखजना ऐन अन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।