त्रिभुवन आर्मी क्लब बन्यो कर्णाली प्रिमियर लिग च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

त्रिभुवन आर्मी क्लब बन्यो कर्णाली प्रिमियर लिग च्याम्पियन

सुर्खेत, १२ जेठ । कर्णाली प्रिमिएर लिग (केपिएल) क्रिकेट प्रतियोगिताको उपाधी त्रिभुवन आर्मीले हात पारेको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा रुपन्देही–११लाई ३७ रनले पराजित गर्र्दै आर्मीले उपाधी हात पारेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३२ रन बनायो । १ सय ३३ रनको लक्ष्य पछ्याउँदै व्याटिङ गरेको रुपन्देहीले १७ दशमलव ५ ओभरमा अलआउट भएर ९५ रन मात्र बनायो ।

उपाधी बिजेता आर्मीले ३ लाख र उपबिजेता रुपन्देहीले १ लाख ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाएका थिए ।