निर्माण सुरु भएको १९ बर्ष पछि कभर्ड हल निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निर्माण सुरु भएको १९ बर्ष पछि कभर्ड हल निर्माण

बारा, १२ जेठ । बाराको निजगढमा निर्माण सुरु भएको १९ बर्ष पछि कभर्ड हल बनेको छ । शनिबार एक कार्यक्रमकाबीच पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले कभर्डहल भवनको उद्घाटन गरे ।

२०५६ सालमा तत्कालिन खेलकुद मन्त्री शरदसिंह भण्डारीले शिलान्यास गरेको भवन १९ वर्षपछि निर्माण सम्पन्न भएको हो ।

४० फिट चौडाइ र ८० फिट लम्वाई भएको कभर्ड हलमा फुटबल, दौड लगायतका ठुलो क्षेत्रफलमा खेलिने खेलबाहेक भलिवल, तेक्वान्दो, टेबुल टेनिस, ब्याडमिन्टन, जुडो, कराँते जस्ता खेल सञ्चालन गर्न सकिने जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);