कर्नाटकका मुख्यमन्त्रीले सपथ खाएको भोलिपल्टै किन दिए राजीनामा ? | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

कर्नाटकका मुख्यमन्त्रीले सपथ खाएको भोलिपल्टै किन दिए राजीनामा ?

एजेन्सी, ७ जेठ । भारत कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सपथ लिएको भोलिपल्टै राजीनामा दिएका छन्। बहुमत पुग्नुअघि नै सपथ खाएका येदियुरप्पाले बहुमतीय आँकडा छुन असफल भएपछि राजीनामा दिनुपरेको हो । योसँगै कर्नाटकमा तेस्रो शक्ति जेडिएसले कांग्रेससँग मिलेर सरकार बनाउने भएको छ ।

विधानसभामा पाएको मतपरिणामले भारतीय जनता पार्टी (भाजपा) कर्नाटकमा सबैभन्दा ठूलो पार्टी बन्यो । तर, बहुमतको अंकगणितमा सरकार बनाउन असफल भएको छ । २ सय २२ मध्ये भाजपाले १ सय ४ सिटमा जित हासिल गरेको थियो । तर, राज्यपाल बाजूभाई बालाले साधारण बहुमतभन्दा ८ सिट कम भएपनि येदियुरप्पालाई मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गराएका थिए ।

उनले येदियुरप्पालाई विधानसभामा बहुमत साबित गर्न १५ दिनको समय दिएका थिए । तर, कांग्रेसले सर्वोच्चको ढोका ढकढकायो र आधा रातसम्म यसबारे सर्वोच्चमा सुनवाई भयो । त्यसपछि अदालतले येदियुरप्पालाई १९ मे साँझ ४ बजे बहुमत पुष्टि गर्न आदेश दियो ।

शनिबार साँझ साढे ३ बजे लन्चपछि सदनको कार्बाही सुरु हुनेबित्तिकै येदियुरप्पाले १५ मिनेट भाषण गरे र अन्त्यमा बिना शक्ति परीक्षण राजीनामा दिए । विश्वासको मत लिनुअघि नै येदियुरप्पाले राजीनामा दिएपछि १५ मे को विधानसभा निर्वाचन मतपरिणामपछि देखिएको रस्साकस्सीको अन्त्य भएको छ ।

अब कांग्रेस र जेडीएस मिलेर नयाँ सरकार बनाउँनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्ने संभावना छ । कांग्रेसले उनलाई समर्थन गर्ने बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);