ललितपुर, ५ जेठ । ललितपुरको महालक्ष्मी नगरपालिका ४ नम्बर वडा कार्यालयले आफनो बार्षिक गतिबिधीको समिक्षा गरेको छ । शनिबार ललितपुरको इमाडोलमा आयोजीत कार्यक्रममा वडाका सहभागीहरुले आफनो वडामा भएका बर्ष भरिका कार्यहरुको समिक्षा गरेका छन ।
उनीहरुले वडामा खानेपानी, ढल, र बाटो चौडाइ गर्ने लगाएतका ठुलाठुला परियोजनहरुलाइ छिटो छरितो निर्माण गर्नका लागी वडा बासीहरु मिलेर पहल गरेको बताएका छन । कार्यक्रममा सहभागीहरुले आफनो वडालाइ नमुना वडाको रुपमा बनाउन सबै वडाबासीहरु मिलेर लागीपर्ने बताएका थिए ।