विश्वकप फुटबलका लागि २३ सदस्यीय फेन्च टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

विश्वकप फुटबलका लागि २३ सदस्यीय फेन्च टोलीको घोषणा

एजेन्सी, ४ जेठ । जुन १४ बाट रसियामा हुने विश्वकप फुटबलका लागि फ्रान्सको २३ सदस्यीय टोली घोषणा भएको छ ।
टोलीमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्जान्डर लाकाजाटे परेका छैनन् ।

तर, एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बाले टिमलाई बलियो देखाएका छन् । चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट र किंग्सले कोमन पनि टिममा परेका छैनन् ।

लाकाजाटे मार्सिएललाई स्ट्यानबाईको सूचीमा राखिएको छ भने पायट त्यो सूचीमा समेत अटाएनन् । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।

दुई वर्षअघि भएको युरोकपमा फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्स यो विश्वकपबाट सफलता हात पार्ने दाउमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);