काफलबाट राम्रो आम्दानी गर्न सफल | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

काफलबाट राम्रो आम्दानी गर्न सफल

kafal

विमल जैरु,
डडेल्धुरा, ४ जेठ । सदरमुकाम आसपासका न्यून आय भएका महिला र बालबालिकाहरुले काफलबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । काफल बेचेरै बालबालिकाले आफ्नो बढाई खर्च जुटाउने गरेका छन् ।

डडेल्धुरा सदरमुकाम आसपासका न्यून आय भएका महिला र बालबालिकाहरुले काफल बेचेर दैनिक ५ सय देखि १ हजारसम्म आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको मालम, दह व्यारेक, काँडे, भेटा, ढुन्ढुने, लगायतका गाउँका महिला र बालबालिका काफन बेच्न सदरमुकाम आउने गरेका छन् । भिमदत्त राजमार्गमा काफल बेच्ने महिला र बालबालिकाको भिड नै लाग्ने गरेको छ । काफल बेचेरै बालबालिकाले आफ्नो बढाई खर्च जुटाउने गरेका छन् ।

महिला तथा बालबालिकाहरु काफलको सिजनमा अन्य काम छोडेर काफल बेच्ने गरेका छन्। डडेल्धुराको काफल यात्रु र व्यापारीहरुले थोकमा किनेर तराईका जिल्लामा विक्रि गर्ने गरेका छन् ।

ताजा समाचार