दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी युद्धस्तरमा : मन्त्री केसी | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

काठमाडौं, ३२ साउन । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई युद्धस्तरमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

उनले दक्षिण एशीयाली खेलकुद प्रतियोगिता राष्ट्रको प्रतिष्ठासँग सोझै जोडिएको विषय भएको उल्लेख गर्दै त्यसको तयारीमा सरकार जुटिसकेको स्पष्ट पारे ।

 

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै मन्त्री केसीले भूकम्पले क्षेतिग्रस्त बनाएको खेल मैदानहरुको पुनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले सरकार खेलकुद क्षेत्रलाई मर्यादित, सम्मानित बनाएर राष्ट्रको पहिचानलाई उचो बनाउन लागि परेको दावी गरे ।

 

मन्त्री केसीले ७ वटै प्रदेशमा खेलकुद मैदान बनाउने कामलाई सरकारले उत्तिकै जोड दिएको स्पष्ट पारे । उनले विराटनगर, वीरगंज, पोखरा र झापामा प्रदेश स्तरीय खेलकुद मैदान बनाउने तयारी भएको र अन्य ठाउँमा पनि त्यसको सम्भाव्यता अध्ययनको कामलाई अघि बढाइएको जानकारी दिए । चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा संघीय ढाँचा अनुसार सात वटै प्रदेशमा खेलकुद मैदान बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

 

मन्त्री केसीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सुझाव दिन संचारकर्मीहरुसँग आग्रह गरे । सरकारले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पु-याएको दशरथ रंगशालाको पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);