सरकारले ‘राष्ट्रका लागि खेल’ अभियान सञ्चालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सरकारले ‘राष्ट्रका लागि खेल’ अभियान सञ्चालन गर्ने

२५ साउन काठमाडौं । सरकारले ‘राष्ट्रका लागि खेल’ अभियान संचालन गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रको शीर उचो बनाउने गरी खेलकुद क्षेत्रको विकास गर्न राष्ट्रका लागि खेल अभियान सञ्चालन गर्न लागिएको बताए ।

 

राष्ट्रिय योङमुदो प्रशिक्षक प्रशिक्षण तालिमको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले राष्ट्रको प्रतिष्ठाका लागि सरकारले खेलकुद क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको पनि स्पष्ट पारे ।

 

मन्त्री केसीले खेलकुद क्षेत्रको विकासबाटै नागरिक स्वस्थ्य रहन सक्नेमा सरकार सचेत रहेको बताए । उनले सरकारले राष्ट्रिय खेलकुद परिषदका लागि मात्रै चालू आर्थिक वर्षका लागि १ अरव ६० करोड बजेटको व्यवस्था गरेको स्मरण गरे ।  ि

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);