काठमाडौं, ३१ बैशाख । सिटिजन बैंकले एकै दिनमा ६ वटा शाखाहरु संचालनमा ल्याएको छ । सोमबार पत्रकार सम्मेलनका बिच बैंकका प्रमुख कार्यकारी अधृकृत राचजन सिंह भण्डारीले कम्पयुटरमा क्लिक गरि शाखाहरुको उद्घाटन गरेका छन् ।
बैंकले इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभ्रेको तिमाल सिन्धुलीको हरिहरपरगढी र धनकुछाको खाल्सा छिन्ताङ सहीदभुमीमा शाखाहरु संचालनामा ल्याएको हो ।
सरकारले बीतिय पहुच तथा समाबेशीता बृद्धि र औपचारिक अर्थतन्त्रको प्रर्वद्धनका लागी सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको बताएको छ । बैकले यहि आर्थिक बर्ष ७४-७५ मा थप शाखा खोल्ने लक्ष्य रहेको बताएको छ ।




