बैंक अफ काठमाण्डूकाे थप दुई शाखा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

बैंक अफ काठमाण्डूकाे थप दुई शाखा

bank of kathamandu

काठमाडौं,१२ माघ । बैंक अफ काठमाण्डूले थप दुई शाखा सञ्चालनमा ल्याएको छ । ७६औं शाखा गल्छी र ७७औं शाखा मिर्चैयामा खोलेको बैंकले जनाएको छ।बैंकका सञ्चालक राधेश पन्ततथागल्छी गाउँपालिकाकाअध्यक्ष कृष्णहरि श्रेष्ठलेगल्छी शाखाउद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी,मिर्चैया शाखाबैंकका सञ्चालक गोविन्द रेग्मी र मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर शाहले उद्घाटन गरेको बैंकले जनाएको छ ।

आर्थिक वर्ष ०७४  \ ७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले ६९.१५ अर्ब निक्षेप परिचालन गरी ६२.३३ अर्ब रुपैयाँकर्जा प्रवाह गरेको छ। हाल बैंकले ७७ शाखा, ६७ एटिएम, आठ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बिन्दुबाट सेवा प्रदानगरिरहेको छ।आजको नागरिक दैनिकमा यस्तो खवर छ ।

ताजा समाचार