जनकपुर र काठमाडौँको यात्रा, कर्नाटकको प्रचार ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जनकपुर र काठमाडौँको यात्रा, कर्नाटकको प्रचार !

काठमाडौं, २८ वैशाख । भारतका १५औँ प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपाल भ्रमणमा तीनवटा रेकर्ड राख्दै हुनुहुन्छ । पहिलो, आफ्नो प्रधानमन्त्रीय कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेर, दोस्रो, चार वर्षमा तीन पटक नेपाल आएर, तेस्रो नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको ३३ दिनपछि नेपाल भ्रमण गरेर ।

अर्कोतिर, भोलिदेखि भारतको कर्नाटकको विधानसभा निर्वाचन हुँदैछ । त्यसका लागि मौनअवधि लागू भइसकेको छ । तर, मोदी जनकपुर र काठमाडौँबाटै कर्नाटकका मतदातामाझ सञ्चारमाध्यममा छाए ।

भारतको कर्नाटक राज्यमा १२ मे मा विधानसभा निर्वाचन हुन लागेको सन्दर्भमा मोदीको नेपाल भ्रमण भएको हो । भारतको निर्वाचन आयोगले देशको कुनै पनि क्षेत्रमा मतदान हुने दिनको दुई दिन पहिलेदेखि नै चुनाव प्रचार बन्द गर्ने नियम बनाएको छ ।

तर, जनकपुरमा मोदीले गरेको सम्बोधन भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका छन् । मौनअवधिमा प्रचारप्रसार गर्न नपाइने भएपनि मोदीलाई नेपाल यात्राले चुनावमा फाइदा पु-याउने देखिन्छ ।

मोदीको पार्टी भारतीय जनता पार्टीले चुनाव आयोगको प्रावधानलाई निष्प्रभावी बनाउनका लागि चुनावी प्रचारमा आफ्नो छुट्टै रणनीति लागू गर्ने गरेको छ । यो योजना सन् २०१४ को चुनावका बेला समेत देखिएको थियो ।

७ अप्रिल २०१४ को असम र त्रिपुराको लोकसभाका ६ वटा सिटमा मतदान चलिरहेका बेला भाजपाको चुनावी घोषणापत्र जारी गर्ने कार्यक्रमको सिधा प्रसारण टेलिभिजनका समाचारहरुमा भइरहेको थियो ।

टिभी च्यानलमा प्रत्यक्ष प्रसारणका साथमा घोषणापत्रका मुख्य बुँदा र प्रतिवद्धताहरुलाई ब्रेकिङ न्यूजको रुपमा देखाइएको थियो । मुरली मनोहर जोशीले घोषणापत्रलाई विस्तृतमा राख्ने क्रममा उत्तर पूर्वी राज्यका बारेमा आफ्ना प्रतिवद्धताहरु समेत बताउनुभएको थियो ।

त्यसपछि भएका निर्वाचनमा पनि भाजपाको यस्तो रणनीति लागू गरिएको देखियो । नेपालको भ्रमण पनि त्यही रणनीतिअनुसार भएको भन्दै बीबीसी हिन्दीका पत्रकार अनिल चमडियाले टिप्पणी लेखेका छन् ।

राजनीतिक भन्दा भारतमा विरोध हुने भएकाले पनि मोदीको भ्रमणलाई धार्मिक यात्रा भनिएको उनको दाबी छ । जनकपुर सम्बोधनमा पनि नेपालको समृद्धि अभियानसँग जोडेर मोदीले आफू भारतको समृद्धिका लागि खटिरहेको बताएका थिए । नेपालका विभिन्न तीर्थस्थलमा मोदीले गर्ने भ्रमणले पनि कर्नाटकका मतदाताको मन तान्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);