बझाङमा एकै परिवारका पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८३, बिहीबार

बझाङमा एकै परिवारका पाँच जनाको मृत्यु

bajhang

बझाङ, २४ बैशाख । बझाङमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले बगाउँदा थलरा गाउँपालिकामा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । थलारा गाउँपालिका–४ का २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा डिक्लीगाड खोलाले उनीहरुलाई बगाएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।