पार्टी एकताबाट भाग्ने छुट कुनै पनि नेतालाई छैन : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

पार्टी एकताबाट भाग्ने छुट कुनै पनि नेतालाई छैन : पोखरेल

काठमाडौं, १८ वैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

रक्षामन्त्री समेत रहेका महासचिव पोखरेलले पार्टी एकताबाट भाग्ने छुट कुनै पनि नेतालाई नरहेको स्पष्ट पारेका छन् । उनले पार्टी एकतालाई प्रतिशतको आधारमा भागबण्डा गर्न नमिल्ने बताए ।

महासचिव पोखरेलले पार्टी एकता समानताको आधारमा हुने र त्यसले दुवै पार्टीका नेता, कार्यकर्तालाई न्याय र सम्मान गर्ने दावी गरे । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई कम्युनिष्ट पार्टीबीचको एकता मुलुकको आवश्यक्ता र जनताको चाहना भएको उल्लेख गरे ।

रक्षामन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न पनि सबै मजदुर संगठनहरुलाई आग्रह गरे । जनताको आकांक्षालाई पूरा गर्ने प्रतिवद्धता पूरा गर्ने ‘काउन डाउन’ सुरु भएकाले सोही अनुसार काम गर्ने उनले बताए । रक्षामन्त्री पोखरेलले जनताको अपेक्षा अनुसार काम नगर्ने राजनीतिक दलहरुको भविष्य नरहेको बताए ।

ताजा समाचार