जनअपेक्षा अनुसार काम गर्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८३, आइतबार

जनअपेक्षा अनुसार काम गर्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रतिबद्धता

Prachandaaa

काठमाडौं, १८ बैशाख । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंको बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै माओवादी अध्यक्ष दाहालले जनताको आशा र भरोसाा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । जनताको सहभागितामै ठूलो राजनीतिक परिवर्तन भएको भन्दै उनले अब जनअपेक्षा अनुसार तीब्र गतिमा विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दाहालले जनताले बामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाई बहुमत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई आग्रह गरे ।