काठमाडौं, १७ बैशाख । पदाधिकारी मनोनयन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको योजना असफल भएको छ ।
रामचन्द्र पौडेल पक्षको विरोधपछि पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको योजना असफल भएको हो । युवा नेताले सहमतिको आधारमा पदाधिकारी मनोनयन गर्न नेतृत्वलाई दवाव दिएका छन् । कांग्रेस महाधिवेशन भएको २६ महिना पुगेपनि पदाधिकारी मनोनयन हुन सकेको छैन् ।
यसअघि आइतबार समपन्न केन्द्रीय कार्यसमिति बैठकले नेपाली कांग्रेसले बाम गठबन्धन र मधेसकेन्द्रत दलको मोर्चाबन्दीका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेको छ । नेता रामचन्द्र पौडेल पक्षधरले निर्वाचनमा पराजयको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडान राखे पनि देउवाले नैतिक जिम्मेवारी लिन नमानेपछि केन्द्रीय कार्यसमितिले लिनेगरी बीचको बाटो सुझाइएको हो ।