मोरङ, १३ बैशाख । प्रदेश नम्बर १ को सरकारले आकस्मिक कोष स्थापना गर्ने भएको छ । प्राकृतिक प्रकोपबाट पीडित हुनेलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारले आकास्मिक कोष स्थापना गर्ने भएको हो ।
कोष स्थपनाको लागि प्रदेश १ को आर्थिक ममिला मन्त्रालयले संसदमा विधेयक पेश गरेको छ । कोषले आगलागि, वाढीपहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपबाट पीडित भएकालाई राहत उपलब्ध गराउने छ ।