जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षिका लागि ८ लाख राहत | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जुम्लामा प्रकोपबाट क्षति भएका पशुपंक्षिका लागि ८ लाख राहत

जुम्ला।जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि राहात वितरण गरिने भएको छ । सोमबार जिल्ला स्तरीय राहात वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहात कार्यविधी अनुसार ८ लाख उपलब्ध गराइने भएको हो  ।त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई र प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख गौरी नन्द आचार्यको प्रमुख आथित्यमा बसेको जिल्ला स्तरको वैठकले पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहात उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै पशुसेवा तथा पशुअस्पताल कार्यालय जुम्लाले आर्थिक बर्ष २०७८।०७९ मा गत २०७८ साउन देखी हाल सम्म क्षेति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, पाठापाठी, बाख्रा खसी, गाईगोरु, कुखुरा, माछा पोखरीको क्षेतिमा पाउने राहात जानकारी गरेको थियो ।त्यस्तै कार्यालय प्रमुख गोविन्द बहादुर महतले प्रस्तुत गर्नुभएको राहात मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाख मध्य आठ लाख बितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षेति भएमा वितरण गरिने भएको छ।

कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सवैभन्दा बढी क्षेति भएका तातोपानी गाउँपालिका वडा नम्बर ७ का किसानका भेडाको क्षेति भने संघीय सरकारले राहात दिने भएको छ । ताम्ति क्षेत्रका ९ जना किसानका १ सय४३ भेडा अविरल बर्षा र बाढिले बगाएर नष्ट भएका थिए।त्यस्तै वैठकमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहात भएपनि उपलब्ध हुने भएकोमा राम्रो भएको बताए ।प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले लामो समय देखीको प्रयासमा किसानले पाउने पशुपक्षीको राहातका लागि निर्णय भएको र चाडै खातामा हाल्न कार्यालयलाई निर्देशन गरे। पशु अस्पताल तथा पशुसेवा कार्यालयले गत आर्थिक बर्षमा रु १४ लाख राहात बितरण गरिएको जानकारी गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);