एउटै मितिमा अष्ट्रेलियामा रिलिज हुँदै 'डमरुको डण्डीबियो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एउटै मितिमा अष्ट्रेलियामा रिलिज हुँदै ‘डमरुको डण्डीबियो’

damaruko dandiyo bigo

काठमाडौं, ४ बैशाख । नेपाली फिल्म डमरुको डण्डीबियो एकै मितिमा नेपालसँगै अष्ट्रेलियामा पनि रिलीज हुने भएको छ । यो फिल्म बैशाख २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हालै फिल्म यूनिट मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता बिताएको यूनिट‍ यसै साता राजधानी फर्किएको हो । अबको प्रचार प्रसार राजधानीमा नै केन्द्रित गर्ने गरी लेखक तथा अभिनेता खगेन्द्र लामिछाने सहितको टीम फर्किएको हो । प्रचारस्वरुप गत सातादेखि राजधानीका मूख्य मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा चलिरहेको छ ।
राष्ट्रिय खेलबाट समेत हटाइएको डण्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले यतिबेला दर्शकको ध्यान तानिरहेको छ ।

डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुन ब्यूँताउन गरेको संघर्षको कथा रहेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको यस फिल्ममा अभिनय छ । विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);