प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता

oli-prachanda

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा वान टु वान वार्ता भएको हो । ओली र दाहालबीच पार्टी एकताका विषयमा दुई सातापछि वान टु वान वार्ता भएको हो । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले दुई साता पहिले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गरेपनि कुन हैसियतमा एकता गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन् ।

एमालेले ३५ प्रतिशतभन्दा बढी स्थान दिन नसकिने बताएपछि दाहाल एमाले अध्यक्ष ओलीसँग टाढिंदै आएका थिए । दाहाल आइतबार ओलीसँगको वार्ता रद्द गरेर रिफ्रेस हुन भन्दै परिवारका सदस्यसहित सिन्धुपाल्चोकको सुकुटे गएका थिए । उनि एमाले अध्यक्ष ओलीको फोनपछि सुकुटेबाट सिधै बालुवाटार पुगेका हुन् । एमाले अध्यक्ष ओलीले दाहालसँगको वार्तापछि पार्टीको स्थायी समितिको बैठक बोलाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);