रुकुम, २८ चैत । रुकुमको जिल्ला अस्पातल तथा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएको छ । ७० प्रकारका औषधि निशुल्क पाइने भएपनि जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा औषधी पाइन छोडेको छ ।
अस्पतालमा औषधी नभएपछि बिरामीहरु मारमा परेका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधी नपाएपछि विरामीले नीजि स्वास्थ्य संस्थाबाट महंगोमा किन्न बाध्य भएका छन् । जिल्ला अस्पालले औषधी किन्ने बजेट नभएकाले अभाव भएको जनाएको छ । रुकुम पश्चिममा एक जिल्ला अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र छन् ।