चालु आर्थिक बर्षमा बलात्कारका ५ सय २९ उजुरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चालु आर्थिक बर्षमा बलात्कारका ५ सय २९ उजुरी

rape

अप्सरा लामिछाने
काठमाडौं, २१ चैत । पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको चैत्रसम्ममा मात्र ५ सय २९ बलात्कारका घटनाको उजुरी परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अझ सामाजिक प्रतिष्ठा र डरधम्कीका कारण कतिपय घटना बाहिर आउन सकेका छैनन् ।

पछिल्लो चार बर्षको तत्याङ्क हेर्ने हो भने बलत्कारका घटनामा बृद्धि हुँदै गएको स्पष्ट हुन्छ । आर्थिक बर्ष २०७१/७२ मा ९ सय ८१ बलत्कारका घटनाको उजुरी परेकोमा आर्थिक बर्ष २०७२/७२ मा यो संख्या १ हजार ८९ पुग्यो ।

त्यस्तै आर्थिक बर्ष २०७३/७३ मा ११ सय ३१ र चालु आर्थिक बर्षको चैत्रसम्ममा ५ सय २९ बलत्कारका घटनाको उजुरी परेको प्रहरीको तथ्यांक छ । यो तथ्यांक हेर्दा हरेक बर्ष बलात्कारका घटनामा बृद्धी हुँदै गएको स्पष्ट हुन्छ । बलात्कृत हुनेमा ११ बर्ष देखि १६ बर्ष उमेर समुहका बढी छन् भने दोस्रो स्थानमा १० बर्ष मुनीका बालिका रहेका छन् ।

पछिल्लो समय लिभिङ टुगेदर गर्ने परिपाटीले पनि बलात्कारका घटनाको उजुरीको संख्या बढ्दै गएको प्रहरीको भनाइ छ । अधिकारकर्मीहरु भने फितलो कानुन, सामाजिक सञ्जालका कारण बलत्कारका घटान बढ्दै गएको बताउँछन् ।

सामाजिक प्रतिष्ठा र डर धम्कीका कारण कतिपय घटना प्रहरीसम्म नै पुग्दैनन् भने कतिपय अवस्थामा झूठा उजुरी पर्ने गरेको पनि प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसैले बलात्कारका घटना यती नै भयो भन्ने बास्तविक तथ्याङ्क पत्ता लगाउन कठिन भएको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);