स्वरसम्राट्को सम्झनामा संग्रहालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्वरसम्राट्को सम्झनामा संग्रहालय

narayan gopal

काठमाडौँ, २१ चैत । स्वरसम्राट् नारायणगोपालको सम्झनामा संग्रहालय बनाउने तयारी सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३ मा सो संग्रहालय बन्न लागेको वडाध्यक्ष दीपक केसीले बताए । नारायणगोपाल ट्रस्टसँगको सहकार्यमा बन्ने संग्रहालय निर्माणमा कुल साढे चार करोड रुपैयाँ खर्च हुनेछ । २२ आना जग्गामा चारतले संंग्रहालय बनाइने योजना छ ।

‘वैशाखको सुरुवातसँगै हामी निर्माण कार्य थाल्छौं,’ वडाध्यक्ष केसीले भने, ‘महानगरपालिकाबाट १ करोड रुपैयाँ विनियोजन भइसकेको छ । थप सहयोग गर्न इच्छुकहरू देखिएका छन् ।’संग्रहालयको नक्सांकन, डिजाइनिङलगायतका काम सम्पन्न भइसकेका छन् । भुइँतलामा पार्किङ र दोस्रोमा संग्रहालय राख्ने तयारी छ । संग्रहालयमा नारायणगोपलसँग सम्बन्धित पुस्तक, तस्बिर, उनले प्रयोग गर्ने गरेका सामग्री, उनले प्रयोग गर्ने वाद्यवादन, पुरस्कारजस्ता सामग्री राखिनेछन् ।

तेस्रो तलामा अडिटोरियम बनाइनेछ । चौथो तलामा पुस्तकालय र बैठककक्ष बनाउने योजना छ । ‘नारायणगोपाल पेमला सुरमय गीत गंगा’ संगीत हल पनि बनाइनेछ । ‘संगीतको , विशेषगरी भायोलिनको लागि एउटा हल बनाउने वहाँको सपना थियो,’ ट्रस्टका सचिवसमेत रहेका केसीले भने, ‘उक्त हलमा ७५ सिट हुनेछन् ।’ बहुउद्देश्यीय अडिटोरियमलाई विभिन्न प्रयोजनमा भाडामा दिइनेछ भने संग्रहालय घुम्न आउनेबाट टिकट उठाइनेछ ।

कलाकार र कलाको संरक्षण राज्यको दायित्व रहेकाले आफूले नारायणगोपालबारे आउने पुस्तालाई समेत जानकारी होस् भन संग्रहालय निर्माण गर्नेबारे सोचेको उनले बताए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);