कविकुञ्जको मूल्य ५ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कविकुञ्जको मूल्य ५ करोड

kabi-kunja laxmi prasad devkota

काठमाडौं, ८ साउन । झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए ।

उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो फाँट हेर्थे । यही ऐतिहासिक घर साहित्यिक संग्रहालय बन्ने प्रक्रियाले फड्को मारेको छ । महाकविको परिवार सदस्यसमेत समेटेर सरकारले बनाएको मुआब्जा निर्धारण समितिले १२ आना क्षेत्रफलमा फैलिएको ‘कविकुञ्ज’को मूल्यांकन ५ करोड १२ लाख गरेको छ ।

बाहिरबाट हेर्दा पुरानो इँटा र काठे झ्यालसहितको चिटिक्क देखिए पनि चार वर्षअघिको भुइँचालोबाट ‘कविकुञ्ज’को भित्री स्वरूप आधा भत्किएको अवस्थामा छ । चारतले कविकुञ्जभित्र नेपाली मौलिकता झल्किने भर्‍याङहरू छन् । भुइँतलाका दुई कोठा बन्द छन् । अर्को कोठा दोस्रो तला खसेर पुरिएको छ । माइली छोरी अम्बिकादेवीका अनुसार भुइँचालोअघि यहाँ मानिस भाडामा बस्थे ।

देवकोटा सुत्ने कक्ष पनि भुइँचालोले आधा तल खसेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);