संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

bithak

काठमाडौं, १९ चैत । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको २ बजे आह्वान गरिएको छ ।

आज दुवै सदनले पुर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने छन् । २०४८, ०५१ र ०५६ गरी तीनपटक दाङबाट प्रतिनिधिसभामा निर्वाचित खड्काको गत शुक्रबार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने संसद सचिवालयले जनाएको छ । शोक प्रस्ताव पारितपछि थप विषयमा छलफल नहुने परम्पराअनुरुप अन्य कार्यसूचीमा छलफल नहुने भएको हो ।

सचिवालयका अनुसार आजै प्रतिनिधिसभाको दोस्रो बैठक बस्ने तयारी गरिएको छ । दोस्रो बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरिने छ ।

त्यसैगरी प्रतिनिधिसभा तथा राष्ट्रियसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन संसदमा पेश गर्ने तयारी पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);