एमालेले बुझाएन निर्वाचन खर्च | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

एमालेले बुझाएन निर्वाचन खर्च

uml office

काठमाडौं, १९ चैत । सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन ।

निर्वाचन आयोगले दलहरुले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५ चैतसम्मको समय दिएकोमा एमालेले तोकेको मितिभन्दा १३ दिन बढी हुँदा समेत खर्च विवरण बुझाएको छैन ।

निर्वाचन आयोगका अनुसार एमालेबाहेक मुख्य दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीसहित साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातन्त्रिक, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, चुरेभावर पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, नेपाल दर्शन पार्टी लगायतले भने प्रतिनिधिसभा निर्वाचनमा गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खर्च विवरण बुझाएका छन् । आजको राजधानी दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

ताजा समाचार